पोखरामा संस्कृतिमन्त्री सुदन किराँतीको पुतला दहन
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीले पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुतला जलाएको ।
संगठनले बिहीबार पोखराको पृथ्वीचोकमा राँकोसहित मन्त्री किराँतीको पुतला जलाएको हो ।
उसले मन्त्रीको राजीनामासमेत मागेको छ । धार्मिक सद्भावमा खलल पुग्नेगरी अभिव्यक्ति दिएकाले उनलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने संगठनको माग छ ।
बुधबार एक सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर मन्त्री किराँतीको विरोध भइरहेको छ ।