नयाँ स्टकको लाइसेन्स- शुक्रबार बिहान फेरि बोर्ड बैठक, रितेश शाक्यको शंकास्पद भूमिका – Nepal Press

नयाँ स्टकको लाइसेन्स- शुक्रबार बिहान फेरि बोर्ड बैठक, रितेश शाक्यको शंकास्पद भूमिका

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जबारे निर्णय गर्न नेपाल धितोपत्र बोर्डको संचालक समिति बैठक शुक्रवार बिहान पुनः डाकिएको छ ।

बुधबार बिहानको बोर्ड बैठकबाट निर्णय गराउन सकेको थिएन । संचालकहरुलाई पठाइएको बैठकको एजेन्डा नम्बर एक मै स्टकको लाइसेन्सबारे अर्थ मन्त्रालयलाई जवाफ पठाउने विषय समेटिएको छ ।

शुक्रवारको बैठकबाट जसरी पनि निर्णय गर्ने भन्दै संचालकहरुलाई खबर गरिएको स्रोतले बतायो । आवस्यक परेको खण्डमा बहुमत प्रयोग गर्ने तयारीमा बोर्ड अध्यक्ष हमाल रहेका छन् ।

उनलाई बोर्डमा अर्थ मन्त्रालयको प्रतिनिधि रहेका संचालक रितेश शाक्यले सहयोग समेत रहेको छ । शाक्यको शंकर ग्रुपलाई हिमालय रिलाई लाइसेन्स दिने प्रकरणमा शाक्यको भूमिका सङ्कास्पद देखिएको थियो ।

हिमालयन रिलाई लाइसेन्स दिने समयमा शाक्य तत्कालीन बीमा समितिको संचालक थिए र उनकै जोडबलमा शंकर ग्रुपको अगुवाइमा हिमालयन रिले लाइसेन्स पाएको ।

अहिले हिमालयन स्टकलाई लाइसेन्स दिने समयमा शाक्य धितोपत्र बोर्डको संचालक बनेका छन् ।

रास्ट्र बैंकबाट बोर्डमा संचालक रहेका प्रकाश श्रेष्ठ, नेपाल उध्योग बाणिज्य महासङ्हका उपाध्यक्षका सुरकृष्ण वैद्य र कानुन मन्त्रालयका हुम बहादुर केसिले नयाँ स्टक सम्बन्धि एजेन्डामा हस्ताक्षर नगर्ने अडान लिएको तर केसीले शुक्रवारका लागि भने ग्रीन सिङल दिएको स्रोतले बतायो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ठूलो व्यवसायिक घरानाको स्वार्थमा नयाँ स्टक लाइसेन्स दिन लागेको भन्दै हिजो सञ्चालक समितिमा लफडा भएको थियो । हमालको कार्याकाल यही पुस २३ गते सकिदै छ । कार्यकाल सकिने बेलामा जसरी पनि नयाँ स्टक लाइसेन्स दिने उनको तयारी थियो । तर हिजोको बैठकमा उनको योजना सफल भएन ।

हिजो भएको बैठकमा सहभागी भएकाहरुल पनि आर्थिक चलखेल देखिएकाले अध्ययन गरेर मात्रै लाइसेन्सको प्रक्रिया अगाडि बढाउनपर्ने अडान लिएका थिए । हमालले आर्थिक चलखेलमा शक्तिकेन्द्रलाई रिझाएर लाइसेन्स दिलाउन लागेको आरोप लगाइएको छ ।

यता, नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाललाई नै दोहो¥याउन अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्ताव अघि बढाएका छन् । हमाललाई नियुक्त गर्न मन्त्रीपरिषदमा प्रस्ताव लैजाने उनको तयारी छ । अरुलाई नियुक्त गर्ने हो भने चाहीँ आवेदन माग गर्नुपर्ने हुन्छ ।

सरकारले चाहेमा हमालको कामको मूल्याङ्कन गरेर एक कार्यकाल अध्यक्ष नियुक्त गर्न सक्नेछ । नयाँ स्टक एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिलाउन लागिपरेका बिचौलियाहरुसमेत उनको पक्षमा सक्रिय छन् ।

तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेर हमाललाई अध्यक्ष नियुक्त गरेको थियो । हमालको कार्यकाल पुस २३ गतेसम्म छ । उनी ढुंगाना निलम्बनपछि बाँकी रहेको कार्यकालका लागिमात्र नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर