सन्जु सामसनको शतकपछि भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवशीय शृंखला – Nepal Press

सन्जु सामसनको शतकपछि भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवशीय शृंखला

काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २-१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक खेलमा बिहीबार भारत ७८ रनले विजयी भयो ।

पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९६ रन जोड्यो । सन्जु सामसनले एक सय ८, तिलक वर्माले ५२ र रिंकु सिंहले ३८ रन बनाए। सन्जुले एक सय १४ बलमा ३ छक्का र ६ चौका प्रहार गरे। उनले चौथो विकेटका लागि तिलकसँग एक सय १३ रनको साझेदारी गरेका थिए ।

दक्षिण अफ्रिकाले ४५.५ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन जोड्यो । टोनी डे जर्जीले ८१ र ऐडेन मक्रमले ३६ रन बनाए । भारतका अर्सदीप सिंहले ४ तथा आभेश खान र वासिङ्टन सुन्दरले २/२ विकेट हात पारे । सन्जु प्लेयर फ दी म्याच र अर्सदीप प्लेयर अफ दी सिरिज चुनिए । शृंखलाअन्तर्गत पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *