युवा संघ विशेष प्रदेश कमिटीको अधिवेशन भोलि भक्तपुरमा
नेपाल प्रेस
२०८० पुष ६ गते १०:५२
काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अन्र जिल्ला विशेष प्रदेश कमिटीको अधिवेशन भक्तपुरमा आयोजना गरिने भएको छ ।
युवासंघको ८ वटा प्रदेश कमिटीमध्ये सुजन घिमिरे संयोजक रहेको विशेष प्रदेश कमिटी पनि हो । यस कमिटीमा देशैभरबाट काठमाडौं उपत्यकामा विभिन्न पेसा, व्यवसाय गर्नेलगायतका युवा समाहित छन् ।
युवासंघले यसअघि गण्डकी र केही जिल्लाबाहेक सबै प्रदेश र जिल्लाको अधिवेशन सकिसकेको छ । विशेष प्रदेशको अधिवेशन सकिएसँगै बाँकीको गर्ने योजना रहेको प्रवक्ता निरोज पौडेलले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर