प्रिमियम मूल्यमा सेयर जारी गरेको घोराहीले लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने – Nepal Press

प्रिमियम मूल्यमा सेयर जारी गरेको घोराहीले लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने

काठमाडौ । प्रिमियम मूल्यमा सेयर जारी गरेको घोराही सिमेन्टले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने भएको छ । घोराहीले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने जनाएको छ ।

घोराही सिमेन्टले यो लाभांश प्रस्तावसहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पौवा दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं १५ मा बिहान ९ बजे सुरु हुनेछ । सभाले लाभांश प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले पुस १६ ते बुक क्लोज गर्दैछ । घोराहीको पछिल्लो सेयर मूल्य ५ सय ७५ रुपैयाँ प्रतिकित्ता रहेको छ । घोराहीले अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थप गरेर साधारण सेयर बिक्री गरेको थियो । यस हिसाबले ४ सय ३५ रुपैयाँ प्रतिकित्तामा सेयर किनेको लगानीकर्ताले प्रतिसेयर मूल्य केही बढेको देखिन्छ ।

घोराहीले गत वर्ष ५ करोड ३४ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ८० करोड रुपैयाँको व्यापार गरेको यस कम्पनीले गत वर्ष भने ४ अर्ब ६२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

यसको अन्य आम्दानी पनि २४ करोड १ लाख रुपैयाँबाट घटेर १७ करोड ३८ लाख रुपैयाँ कायम भएको छ ।हाल घोराहीको चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा ३ अर्ब ९९ करोड रुपैयाँ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर