कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता – Nepal Press

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘आईटी’ क्षेत्रका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ ।

बैंकले ‘केबीएल स्मार्र्ट बिजनेश लोन फर आईटी कम्पनीस’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत ‘आईटी’ क्षेत्रका कम्पनीहरूकालागि तयार पारिएको ‘केबीएल स्मार्र्ट बिजनेश लोन फर आईटी कम्पनीस’ को पोर्टफोलियो सुरक्षण गर्नेछ । सम्झौताबाट आईटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवद्र्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको छ ।

बैंकले सूचना प्रविधि क्षेत्रको विशेष आवश्यकतालाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ्ग सेवा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

कुमारी बैंकले देशभर ३०९ शाखा (प्रधान कार्यालय बाहेक), ४९ विस्तारित काउन्टर, ३१४ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरूबाट सेवा दिदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर