पुराना ३५९ मुद्दाहरु आगामी असार मसान्तसम्म फर्छ्यौट गरिसक्छौँ : विशेष अदालत (भिडिओ) – Nepal Press

पुराना ३५९ मुद्दाहरु आगामी असार मसान्तसम्म फर्छ्यौट गरिसक्छौँ : विशेष अदालत (भिडिओ)

काठमाडौं । विशेष अदालतले बाँकी रहेका पुराना ३५९ थान मुद्दाहरु आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्ने लक्ष्य राखेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष अदालतले सो लक्ष्य राखेको हो । पत्रकार सम्मेलनमा बोल्दै विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुददअसार मसान्तसम्म सकिसक्ने कार्ययोजनाअनुसार काम गरिरहेको बताए । उनले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरु पनि असारमसान्तसम्म ५० प्रतिशत फछ्र्यौट गरिसक्ने कार्ययोजना रहेको बताए । उनले गत साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएको बताए ।

उनले अघिल्लो आर्थिक वर्ष अर्थात असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको बताए । उनले जम्मा लगत भनेको अहिले विशेष अदालतमा ४३४ थान मुद्दा रहेको पनि बताए । उनले जसमध्ये १२३ थान (२८.३४प्रतिशत) फछ्र्यौट भएको बताउनु भयो । उहाँले बाँकी मध्ये पनि विशेष अदालतमा २ वर्ष नाघेका मुद्दा ७२ थान रहेकोमा अहिले थान सकिएर ७० थान रहेको बताए ।

विशेष अदालतमा रहेका मुद्दामध्ये गैरकानूनी सम्पती आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पति शुद्धीकरणका मुद्दा २९ रहेको बताए । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फछ्र्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फछ्र्यौट भएको उनको भनाइ छ ।

‘हामीसँग अघिल्लो आर्थिक वर्ष अर्थात असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान थिए । साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएका छन् । जम्मा लगत भनेको अहिले हामीसँग ४३४ थान मुद्दा रहेका छन् । यसमा १२३ थान फछ्र्यौट भएको छ । टोटल लगतको २८.३४ प्रतिशत फछ्र्यौट भएर हामीसँग ३११ थान मुद्दा बाँकी छ’, उनले भने, ‘बाँकीमध्ये पनि हामीसँग २ वर्ष नाघेका मुद्दा ७२ थान देखिन्छ । अहिले २ थान सकिएर ७० थान २ वर्ष नाघेका मुद्दा बाँकी छ । हामीसँग गैरकानूनी सम्पती आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पती शुद्धिकरणका मुद्दा २९ रहेका छन् ।’

त्यस्तै, उनले साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फर्छ्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फर्छ्यौट भएको उनले बताए ।

‘नयाँ तर्फ ५ महिनामा ११ थान फछ्र्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा २ थान फछ्र्यौट भएको छ । टोटलमा हेर्दा १३६ थान मुद्दा फछ्यौट गर्ने लक्ष्य निर्धाराण गरेकोमा ११८ थान फछ्र्यौट भएर ८६.७६ प्रतिशत फछ्र्यौट भएको छ’, उनले भने, ‘पुराना मुद्दा ३५९ जुन छन्, ति मुद्दा असार मसान्तसम्म सबै मुद्दा फछ्र्यौट गर्ने कार्ययोजनाले तोकेको छ । हामी अहिले साउनदेखि असारसम्म जति मुद्दा दर्ता हुन्छन्, त्यसको ५० प्रतिशत मुद्दा फछ्र्यौट गर्ने कार्ययोजना बनाएका छौँ ।’

नयाँ तर्फ ५ महिनामा ११ थान फछ्र्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा २ थान फर्छ्यौट भएको बताए । १३६ थान मुद्दा फछ्यौट गर्ने लक्ष्य निर्धाराण गरेकोमा ११८ थान फछ्र्यौट भएर (८६.७६ प्रतिशत) फछ्र्यौट भएको बताए ।

कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरले विशेष अदालतमा पनि चाँडै नै मुद्दाहरुको अनलाइन दर्ता शुरु गर्ने बताए । उनले सेवाग्राहीको खर्च, समय, श्रोतमा कमी ल्याउनको लागि भर्चुअल हेयरिङ शुरु गर्ने योजना अघि सारिएको जनाए ।

उनले भने, ‘७७ जिल्लाबाट वकपत्र गर्नको लागि आफ्नो स्टेटमेण्ट दिनको लागि अदालतसम्म आउनुपर्ने खर्च, समय, श्रोतमा कमी ल्याउनको लागि हामीले भर्चुअल हेयरिङ शुरु गर्ने प्लान गरेका छौँ । छिटै हामी स्टार्ट गर्नेछौँ । त्यो भइसकेपछि सेवाग्राहीले प्रत्येक जिल्लाबाट हाफ्नो लयर राखेर मुद्दाको सुनुवाई गर्न सक्नुहुनेछ ।’

उनले अनलाइन दर्ता शुरु भइसकेपछि सेवाग्राहीले प्रत्येक जिल्लाबाट हाफ्नो वकीलबाट मुद्दाको सुनुवाई गर्न सकिने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर