इजरायलले गाजामा सहायता वितरणमा ठूलो अवरोध खडा गरेको छः संयुक्त राष्ट्र प्रमुख
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका छन् ।
इजरायलको आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका हुन् । गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्नसक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुनः शुरु गर्न आवश्यक रहेको बताए ।
करिव १९ लाख मानिस – गाजाको जनसंख्याको ८५ प्रतिशत – आफ्नो घर छोड्न बाध्य भएका छन् । गुटेर्रेसले गाजामा तुरुन्तै सहायता पुर्याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले अन्ततः मानवीय युद्धविराम हुन मद्दत गर्ने आशा व्यक्त गरे ।