युक्रेनका चर्चित पत्रकार बेल्जियम पुगेर उतै भासिए
काठमाडौं । युक्रेनका एक चर्चित टेलिभिजन प्रस्तोता बेल्जियम पुगेर उतै भासिएका छन् ।
युरोपेली परिषद्को बेल्जियमको ब्रसेल्समा भएको एक कार्यक्रमको रिपोर्टिङ गर्न पुगेका युक्रेनको च्यानल २४ का प्रस्तोता एलेक्सी पेची युक्रेन नफर्किएका हुन् ।
उनको च्यानलले उनको अपनत्व ग्रहण नगर्नेसमेत बताएको छ । शुक्रवार आफ्नो सामाजिक सञ्जालमा एक लामो टिप्पणी लेखेर उनले युक्रेन नफर्किने बताएका थिए ।
आफ्नो पोस्टमा उनले रुस र युक्रेन युद्धको सूचना युद्धमा भने पश्चिमा मिडियाहरूसँग सहकार्य गरेर आफ्नो साथ हुने बताएका छन् ।
रुसी विश्व समाचार च्यानल आरटीले युक्रेनी पत्रकारको पलायन समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ ।
युक्रेनले सेनामा प्रवेश गर्ने उमेरका युवाहरूलाई अनिवार्य फौजमा भर्ना हुने नीति लिएसँगै धेरै युक्रेनीहरूले देश छाड्दै आएका छन् । पत्रकार एलेक्सी त्यसैका पछिल्ला उदाहरण हुन् ।
यसबारेमा रुसी रक्षामन्त्री समेत चिन्तित छन् । गत हप्ता उनले जर्मनीको अखबार बिल्डसँग कुरा गर्दै सैन्य उमेरका युक्रेनबाट पलायन भएका युवाहरूलाई देशमा ल्याएर पुनः सैन्य सेवा केन्द्रहरूमा लाने बताएका थिए ।