मानव तस्करीको भयमा ३०३ भारतीय बोकेको जहाज फ्रान्समा ‘ग्राउण्डेड’
काठमाडौं । फ्रान्समा उड्न लागेको जहाजमा मानव तस्करी भएको भयमा जहाज रोकिएको छ ।
बीबीसीका अनुसार ३०३ जना भारतीय यात्रु बोकेको एक हजार फ्रान्सको उत्तर पूर्वी क्षेत्रमा ग्राउण्डेड भएको छ ।
एयरबसको कल साइन ए३४० भएको जहाज युएईबाट निकारागुआको लागी उडिरहेको थियो ।
एक अज्ञात सूचकबाट मानव तस्करी भएको गोप्य सूचना आएको आधारमा जहाज बिहीबार रोकिएको बताइएको छ ।
जहाज रोकिएपछि धेरै मान्छेहरू विमानस्थलमै थुनिएका छन् ।
दुई गैर कानुनी आप्रवासीको आरोपमा पक्राउ परेका छन् भने जहाज उडान र उद्देश्यको अनुसन्धान भइरहेको बिबिसीले उल्लेख गरेको छ ।
उक्त जहाज रोमानियन चाटर्ड कम्पनी जिलेण्ड एयरलाइन्सको भएको बताइएको छ ।