संस्कृति मन्त्री सुदन किराँतीको अभिव्यक्तिको बचाउमा सञ्चारमन्त्री शर्मा


विराटनगर । सूचना तथा सञ्चारप्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले संस्कृति मन्त्री सुदन किराँतीले सार्वजनिक कार्यक्रममा धर्मसँग जोडिएर दिएको विवादित अभिव्यक्तिको बचाउ गरेकी छिन ।
मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ सुनसरीले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारका मन्त्रीले बोलेको कुरालाई बिना कारण उचालिएको बताइन् ।
मन्त्री किराँतीले क्रिश्चियनको एक कार्यक्रममा बोलेका कुरा अहिले सञ्चारमाध्यममा धेरै उचालिएको र किराँतीको आशय कुनै धर्म विरोधी नभई धर्मनिरपेक्षमा आधारित भएको शर्माको भनाई छ ।
उनले मन्त्रीले बोलको कुरा संविधानसम्मत हुने बताउँदै मन्त्री किराँतीले पनि संविधानका आधारमा यस्तो अभिव्यक्ति दिएको बताइन् ।
सरकारका मन्त्रीहरूले संविधानभन्दा बाहिर गएर बोल्न नपाइने भएकोले उहाँले बोलेको कुराको आशय धर्मनिरपेक्ष राष्ट्रको विरुद्धमा नभएको प्रस्ट पारिन ।
उनले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको कारण जनताको विश्वास जितेको दाबी गरिन । उनले सामाजिक सञ्जालमा देखिएका विकृति ऐन बनाएर नियमन गर्ने उनको भनाई थियो ।
माओवादी सबै क्रिश्चियनका एजेण्ट त हुन् नि ।