मकैको खोया प्रहारपछि रविले भने- जतिसुकै प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता होइन (भिडिओ) – Nepal Press

मकैको खोया प्रहारपछि रविले भने- जतिसुकै प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता होइन (भिडिओ)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।

पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका हुन् ।

मकैको खोया प्रहारपछि सम्बोधन गर्दै रविले जतिसुकै प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताएका छन् ।

‘जतिसुकै प्रहार भए पनि, जतिसुकै संयन्त्र भए पनि, जतिसुकै घेराबन्दी भए पनि टाउको निहुराएर मुख छोपेर कालो सिसाभित्र लुकेर हिँड्ने नेता होइन । अझ ठूलो छाती पारेर ढमढम चोक, गल्ली, चिया पसलमा, सभा समारोहमा खुल्लमखुल्ला हिँड्ने चाहने नेता बन्न चाहन्छु,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर