पाँच महिनामा व्यापारघाटा करिब ६ खर्ब
नेपाल प्रेस
२०८० पुष ८ गते १२:५३
काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा देशको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ रहेको छ ।
चालू आर्थिक वर्ष २०८०/०८१ को मंसिर महिनासम्म देशको व्यपार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको हो ।
गत आर्थिक वर्ष २०७९/०८० मा भने यस्तो व्यापारघाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, मंसिर महिनासम्म देशको आयात निर्यात अनुपात १०.१६ प्रतिशत रहेको छ । गत वर्षको सोहि अवधिमा भने, आयात निर्यात अनुपाल ९.८८ प्रतिशत रहेको थियो । जुन अघिल्लो वर्षको तुलनामा २.८८ प्रतिशतले बढी हो ।
प्रतिक्रिया
सम्बन्धित खवर