नेपालबाट पाँच महिनामा १ अर्ब बढीको कुकुरको आहार ‘डग च्यू’ निर्यात – Nepal Press

नेपालबाट पाँच महिनामा १ अर्ब बढीको कुकुरको आहार ‘डग च्यू’ निर्यात

काठमडौं । नेपालले पाँच महिनामा १ अर्ब बढीको कुकुरको आहार ‘डग च्यू’ निर्यात गरेको छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ कोे पाँच महिना(साउन देखि मंसिरसम्म) मा नेपालले १ अर्ब १८ करोड ७३ लाख ६३ हजार रुपैयाँको कुकुरको आहारा ‘डग च्यू’ निर्यात गरेको हो ।

गत कार्तिक महिनासम्ममा मात्रै नेपालले ९७ करोड ८९ लाख ४९ हजार रुपैयाँको ‘डग च्यु’ अर्थात कुकुरको आहारा निर्यात गरेको थियो ।

चालू आर्थिक वर्षको पहिलो महिना असारमा मात्रै ३७ करोड ४४ लाख ६२ हजार रुपैयाँको ‘डग च्यु’ निर्यात भएको थियो । त्यस्तै, दोस्रो महिना भदौसम्म ५४ करोड ९८ लाख रुपैयाँ, असोजसम्म ७६ करोड ११ लाख ६ हजार रुपैयाँ, कार्तिकसम्म ९७ करोड ८९ लाख ४९ हजार रुपैयाँको डग च्यू निर्यात भएको थियो भने, मंसिर महिनासम्म उक्त डग च्यूको निर्यात १ अर्ब १८ करोड ७३ लाख ६३ हजार रुपैयाँ पुगेको हो ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा ‘डग च्यू’ को माग ब्यापक रुपमा बढेको छ । ‘डग च्यु’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पीको प्रकार हो । जसको प्रयोग पश्च्मिा मुलुकहरुमा कुकुर तथा बिरालोको आहारका रुपमा गरिन्छ ।

नेपालबाट सबैभन्दा बढी अमेरीमा डग च्यू निर्यात हुने गरेको छ । जहाँ गत आर्थिक वर्ष २०७९÷०८० मा नेपालबाट ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँको निर्यात भएको थियो । भने, चालू आर्थिक वर्षको मंसिर महिनासम्म नेपालले १ अर्ब बढी रुपैयाँ भित्र्याएको छ ।

नेपालबाट सबैभन्दा बढि अमेरिकामा १ अर्ब ३ करोड ९० लाख ७२ हजार रुपैयाँको ‘डग च्यु’ निर्यात भएको छ । त्यस्तै, नेपालले क्यानडालाई ८ करोड ३८ लाख ७० हजार, युकेलाई १ करोड ९१ लाख ६७ हजार, जापानलाई ९२ लाख ८४ हजार, कोरिया ७७ लाख ३६ हजार, हंकङ ४९ लाख १५ हजार, ताईवान ४८ लाख १४ हजार, सिंगापुर ३९ लाख ३० हजार, नेदरल्याण्ड्स ३५ लाख २४ हजार, ग्रिस ३० लाख छ६ हजार, मलेसियाा २९ लाख ९८ हजार, दुबई १८ लाख १४ हजार, थाइल्याण्ड ११ लाख ८३ हजार, फिलिपन्स ११ लाख, चाईना ३ लाख ६७ हजार, फ्रान्स १ लाख ९५ हजार, न्युजल्याण्ड १ लाख ६३ हजार, कतार १ लाख ३४ हजार र इटालीलाई ४० हजार रुपैयाँको ‘डग च्यू’ अर्थत छुर्पी निर्यात गरेको छ ।

‘डग च्यू’ नामक कुकुर÷बिरोलोको आहाराका रुपमा प्रयोग गरीने छुर्पी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा तथा पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर