प्रधानमन्त्रीलाई ओलीको प्रश्न- बेथिति गर्नु र व्यापारी चिन्नु एउटै हो ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउँन आयोजित पत्रकार सम्मेलनमा बोल्दै राज्यको सम्पत्ति केही व्यक्तिका फाइदाका डुबाउने काम रोकिनुपर्ने बताए।
प्रधानमन्त्रीको भनाईलाई लक्षित गर्दै भने, अब त कस्तो भयो भने तपाईंको सरकारले यस्तो बेथिति ग¥यो भन्दा त्यो बेथिति गर्ने व्यापारीलाई त केपी ओलीले पनि चिन्या छ नि भन्छन्। केपी ओलीले नेपालका व्यापारी किन चिन्दैन, चिन्छ। बेथिति गर्नु र व्यापारी चिन्नु एउटै हो ?
उनले अहिलेको प्रचण्ड नेतृत्वको सरकारबाट विकासको कल्पना गर्न पनि नसकिने टिप्पणी गरे। भ्रष्ट्राचार र कुशासनबाट मुक्त नगरी देश अघि नबढ्ने उनको भनाइ छ।