नेप्से परिसूचक २१ अंकले घट्दा २ हजारको बिन्दुमा झर्‍यो शेयर बजार – Nepal Press

नेप्से परिसूचक २१ अंकले घट्दा २ हजारको बिन्दुमा झर्‍यो शेयर बजार

काठमाडौं । करिब ३ महिनापछि २१ सयको बिन्दुमाथि पुगेको शेयर बजार ३ दिनपछि २१ सयको बिन्दुभन्दा तल झरेको छ ।

आइतबार नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ बिन्दुमा कायम भएको हो । यस दिन बजारमा १ करोड ८५ लाख ८९ हजार ३७९ किक्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबारका दिन बिहीबार परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा अडिएको थियो । गत सातको मंगलबार मात्रै करिब ३ महिनापछि नेप्से परिसुचकले २१ सय बिन्दुलाई पर गरेको थियो । जुन आज चौथो दिनमै तल झरेको हो ।

आज बोटल्स नेपाल बालाजु, कालिका पावर कम्पनी, सामलिङ पावर कम्पनी, बिपीडब्लू लघुवित्त वित्तीय संस्था, चिरखवा हाइड्रोपावर र मुक्तीननाथ कृषि कम्पनी लिमिटेडको सेयरमा सकारात्मक सकिटृ लगेको छ । भने, ज्योति विकास बैंक बोण्ड२०७८ र नेपाल रिपब्लीक मिडिया लिमिटेडमा ऋणात्मक सकिर्ट लगेको छ ।

आइतबार बजार पूँजीकरण ३२ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर