अनि गौतम बुद्धले केटाकेटीसँग माफी मागे
एक समय भगवान् गौतम बुद्ध आँपहरुको बगैंचामा आराम गरिरहेका थिए । आँप पाक्ने मौसम भएकाले लटरम्म आँप पाकिरहेको थियो । त्यसैवेला बालबालिकाको एउटा समूह आँपको बगैंचामा आइपुग्यो ।
ती बच्चाहरुलाई आराम गरिरहेको बुद्धलाई ख्यालै गरेनन् । अनि बुद्धको पवार्है नगरी पाकेका आँपमा ढुंगा बर्साउन थाले । रुख्बाट हुरुरु आँपहरु झरे । भूइँमा झरेका पाकेका आँप खाँदै केटाकेटीहरु रमाए ।
भूइँभरि झरेका आँपहरु खाइसकेपछि पुनः रुखतिर ढुंगा बर्साउन थाले ।
यसपटक भने संयोगले बुद्धको खुट्टामा ढुंगा बज्रियो । चोट लाग्यो । र रगत बग्न थाल्यो ।
बुद्धको खुट्टामा रगत देखेपछि केटाकेटी डराए । उनीहरु त्यहाँबाट भाग्न खोजेका थिए, तर बुद्धले उनीहरुले देखिसकेका थिए । त्यसैले भागिहाल्न सकेनन् ।
अनि उनीहरुले आफूहरुको गल्तीको प्रायश्चित गर्दै बुद्धसँग माफी मागे । बुद्धलाई माफी दिनका लागि आग्रह गरे ।
हात जोडेर माफी मागिरहेका केटाकेटीलाई हेर्दै शुद्धले शान्त भएर बने, ‘नानीबाबुहरु हो, तिमीहरुले माफी माग्ने होइन, माफी त मैले पो माग्नुपर्ने हो । तिमीहरुले प्रहार गरेको ढुंगाको बदलामा एउटा सामान्य रुखले तिमीहरुलाई आँप दियो । तर, मान्छे भएर पनि मसित तिमीहरुलाई दिनलाई केही छैन । बरु मैले उल्टै तिमीहरुलाई डराउन बाध्य पारेँ । सक्छौ भने मलाई माफी देऊ ।’