जनताको निराशालाई आशामा बदल्न ‘समृद्धिका लागि संकल्प’ यात्राबारे राष्ट्रिय विमर्श होस् : महासचिव पोखरेल (भिडिओ) – Nepal Press

जनताको निराशालाई आशामा बदल्न ‘समृद्धिका लागि संकल्प’ यात्राबारे राष्ट्रिय विमर्श होस् : महासचिव पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतनामा व्याप्त निराशालाई आशामा बदल्न बलियो राष्ट्रिय शक्ति निर्माणमा सबैले साथ दिनुपर्ने बताएका छन् ।

मध्यपहाडी संकल्प यात्राबारे संचारकर्मीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले अहिलेको निराशा र अस्थिरतालाई सम्बोधन गर्न बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको र त्यसकै लागि यसपटक मध्यपहाडको यात्रा गरिएको बताए ।

महासचिव पोखरेलले एमालेले चलाएको सम्बृद्धिका लागि संकल्प यात्राको बारेमा राष्ट्रिय विमर्श होस् भन्ने आफूहरुले चाहेको समेत बताए । पोखरेलले लाखौं जनता सहभागी भएको यस्तो अभियानले अबको राजनीतिक विकास र समृद्धि तथा स्थानीय समस्यासँग जोडिनुपर्ने अपरिहार्यता समेत पुष्टि भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर