बढ्यो विद्युतीय गाडीको आयात – Nepal Press

बढ्यो विद्युतीय गाडीको आयात

काठमाडौं । पछिल्लो समय बजारमा विद्युतीय सवारीसाधनको माग बढेसँगै आयात पनि वृद्धि भएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा ३ हजार ६८६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ३ हजार ६८६ वटा विद्युतीय कार, जीप र भ्यान भित्रिएका हुन् । पाँच महिनामा ९ अर्ब १० करोड ६४ लाख ३६ हजार रुपैयाँको विद्युतीय गाडी खरिद भएको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशतले बढी हो ।

मंसिरसम्म ५० किलोवाटसम्मका १ हजार ५९५ विद्युतीय गाडी नेपाल भित्रिएको छ । त्यस्तै ५१ देखि १०० किलोवाटका २ हजार २८, १०० देखि २०० किलोवाटका ५२ र २०० किलोवाटभन्दा माथिका ११ वटा विद्युतीय कार, जीप र भ्यान भित्रिएका छन् ।

पाँच महिनामा ३ हजार ६८६ वटा विद्युतीय कार, जीप र भ्यान भित्र्याउँदा सरकारले ४ अर्ब २ करोड ८८ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर