एनआईसी एशिया बैंकले प्राप्त गर्यो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’
काठमाडौं । एनआईसी एशिया बैंकले ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गरेको छ ।
बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा एनआईसी एशिया बैंकले ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गरेको हो ।
अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट बैंक सम्मानित भएको हो ।
बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी सेवा प्लेटफर्म तथा विभिन्न कार्डहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ई–कमर्श कम्पनीहरु, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यवसायीक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई सेवा उपलब्ध गराएको छ ।
बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रुपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरु उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरु प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६६६ एटिएम, १११ विस्तारित काउन्टर एवं ५५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।