एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा, संसदीय गतिविधिमा भाग लिन पाउने – Nepal Press

एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा, संसदीय गतिविधिमा भाग लिन पाउने

काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् ।

संसद सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् । निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् ।

हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या गरेको उनीमाथि आरोप लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर