पोखरामा १७ वर्षपछि पुनःस्थापना गरियो राजा वीरेन्द्रको शालिक – Nepal Press

पोखरामा १७ वर्षपछि पुनःस्थापना गरियो राजा वीरेन्द्रको शालिक

पोखरा । पोखरामा गए राति राजा वीरेन्द्र वीर विक्रम शाहको शालिक पुनः स्थापना गरिएको छ ।

पोखरा महानगरपालिका-१० वीरेन्द्र चोकमा गए राती २ बजे राजा वीरेन्द्रको शालिक राखिएको हो । उक्त ठाउँ वडा नम्बर १०, १४ र १५ को संगम स्थल पर्छ ।

वडा प्रहरी कार्यालय राम बजारका अनुसार २ युवाले गए राती उक्त ठाउँमा सालिक राखेका हुन् ।

‘पहिला पनि त्यो ठाउँ राजा वीरेन्द्र कै शालिक रहेछ । अहिले ठाउँ खाली थियो । त्यहाँ गए राती २ युवाले शालिक लिएर राखेका रहेछन्,’ वडा प्रहरी कार्यालय राम बजारका प्रहरी निरीक्षक विनोद श्रेष्ठले भने, ‘हालसम्म कतैबाट उजुरी आएको छैन । वडाध्यक्ष ज्यूसँग पनि बुझेको थिए । अहिलेसम्म त्यस्तो केही छैन ।’

उक्त ठाउँमा २०६२/६३ अघि राजा वीरेन्द्रको शालिक थियो । ६२/६३ को जनआन्दोलनको बेला माओवादी कार्यकर्ताले राजा वीरेन्द्रको शालिक हटाएका थिए ।

करिब २५ लाख खर्चेर राजा वीरेन्द्रको ८ फिट अग्लो शालिक निर्माण गरिएको शालिक पुनः स्थापनामा संलग्न एक युवकले जानकारी दिए ।

‘हामी स्थानीय कै समन्वयमा शालिक पुनः स्थापना गरेका हौं । पहिले पनि यो ठाउँमा राजाकै शालिक थियो । शालिक पुनः स्थापना गर्न स्थानीयको समिति नै बनेको थियो, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर