मोरङ कारागारका कैदी बन्दीको मृत्यु – Nepal Press

मोरङ कारागारका कैदी बन्दीको मृत्यु

विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका चण्डेश्वर सहनीको आज बिहान मृत्यु भएको छ ।

ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई अस्पतालमा भर्ना गराएको मोरङ कारागारले जनाएको छ ।मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

आफन्तहरूले भने समयमै जानकारी नदिएको र उपचारमा लापरबाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी गरेका छन् । सहनीको आज कैद भुक्तान सकिने दिन थियो ।

कैद भुक्तान सकिने दिन उनको मृत्यु भएको छ । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए ।

लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो । अदालतले फैसला गरेपछि उनी फरार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर