इजरायलले जभाभावी गोलाबारी गरिरहेको गाजामा ५० हजार सुत्केरी – Nepal Press

इजरायलले जभाभावी गोलाबारी गरिरहेको गाजामा ५० हजार सुत्केरी

काठमाडौं । विश्वभरबाट आलोचना भइरहेको इजरायलले जभाभावी गोलाबारी गरिरहेका गाजामा ५० हजार सुत्केरी भएको संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थीमा काम गर्ने संस्था युएनआरडब्लुएले उल्लेख गरेको छ ।

उक्त एजेन्सीका अनुसार गाजाका ५० हजार गर्भवती महिलाहरुबाट दैनिक १८० शिशुहरुको जन्म भइरहेको छ । कतारी विश्व च्यानल अल जजिराका अनुसार युद्ध अगाडिका ३८ प्रतिशत अस्पतालका शैयाहरु मात्रै हाल संचालनमा रहेका छन् ।

जनशक्तितर्फ भने युद्ध अगाडिका ३० प्रतिशत मात्रै काममा रहेका छन् । विश्व स्वाथ्य संगठनका अनुसार डिसेम्बर २१ सम्ममा मात्र इजरायलले २४६ पटक अस्पतालदेखि एम्बुलेन्स लगायका स्वाथ्य सेवा क्षेत्रमा आक्रमण गरिसकेको छ । विश्व स्वाथ्य संगठनका अनुसार ३६ गाजाका अस्पतालमा हाल ९ वटा मात्रै संचालनमा आइरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर