रिक्त दरबन्दी र कर्मचारीको विवरण एक साताभित्र पठाइसक्न सामान्य प्रशासनको परिपत्र – Nepal Press

रिक्त दरबन्दी र कर्मचारीको विवरण एक साताभित्र पठाइसक्न सामान्य प्रशासनको परिपत्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायलाई रिक्त दरबन्दी र कर्मचारी विवरण पठाउन एकैसाथ परिपत्र गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, सचिवालय र आयोगलाई छुट्टाछुट्टै परिपत्र गर्दै रिक्त दरबन्दी र कर्मचारीको विवरण उपलब्ध गराउन परिपत्र गरेको हो ।

मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयमा स्वीकृत दरवन्दी र रिक्तको विवरण राजपत्रांकित र राजपत्र अनंकित छुट्टाछ्ट्टै तोकिएको ढाँचामा एक साताभित्र मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा र इमेल ठेगानमा उपलब्ध गराउन अनुरोध गरिएको शाखा प्रमुख रादत्त पाण्डेयले जानकारी दिए ।

उनका अनुसार रिक्त विवरणमा पद, श्रेणी स्वीकृत दरबन्दी, रिक्त दरवन्दी संख्या र कसरी रिक्त भएको हो भन्ने विवरण उपलब्ध गराउन भनिएको छ ।

यस्तै मन्त्रालय, आयोग र सचिवालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख र कर्मचारी प्रशासन शाखा प्रमुखको विवरण मन्त्रालयको सोही शाखामा र इमेल ठेगानामा उपलब्ध गराउन पनि परिपत्र गरिएको छ । जसमा कर्मचारीको नाम, पद, महाशाखा प्रमुख वा शाखा प्रमुख, सम्पर्क नम्बर र इमेलसमेत उल्लेख गरेर पठाउन भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर