मातेर उपहार बाँड्ने सान्टा क्लज जर्मनीमा पक्राउ
काठमाडौं । इसाइ धर्मका एक प्रमुख बिम्ब मानिने सान्टा क्लज बनेर क्रिसमसको उपहार दिँदा मातेको भन्दै जर्मनीमा एकजना पक्राउ परेका छन् । जर्मनी सरकारको विश्व च्यानल डिडब्लुका अनुसार जर्मनीको सहर मुल्हाउसनमा उपहार दिने क्रममा मातेर हाँकेरको गाडी घरमा ठोक्काएपछि उनी पक्राउ परेका हुन् ।
उनको सवारीचालक अनुमतिपत्र समेत खोसिएको डिडब्लुले उल्लेख गरेको छ । घटना ३६ हजार जनसंख्या भएको सहरको मुख्य गल्लीमा भएको बताइएको छ ।
प्रहरीका अनुसार गाडिको ठक्क्टरमा घरमा क्षति पुगेपनि उपहार भने सकुसल रहेको पाइएको थियो । एकजना प्रत्यक्षदर्शीले घटना भएपछि प्रहरीलाई खबर गरेपछि सूचना बाहिरिएको थियो । पक्राउ परेका सान्ता क्लजले भने भोलिपल्ट भएपनि उपहार बाँड्ने बताएको प्रहरीले जनाएको छ ।