प्रचण्डको एक वर्षे उपलब्धि- राजनीतिक गद्दारी र बेइमानी – Nepal Press

प्रचण्डको एक वर्षे उपलब्धि- राजनीतिक गद्दारी र बेइमानी

आमचुनावले निकास र विकास दिन्छ भनिन्छ । तर, आमचुनावपछि के भयो ? देशको बेहाल भयो । आमचुनावपछिको एक वर्ष देशमा चरम भ्रष्टाचार छ, बेथिति छ, डावाँडोल छ र अस्थिरता छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको यो एक वर्ष बीचमा जनतामा चरम निरासा छाएको छ, राजनीतिक अन्योल बढेको छ, अर्थतन्त्र ओरालो लागेको छ ।

पुष्पकमल दाहाल प्रचण्डको शासनको एक वर्ष असफलताको वर्ष रह्यो । प्रधानमन्त्री प्रचण्ड आफैंले यो एक वर्ष सफल भयो पक्कै भन्नुहोला । तर, उहाँको त्यो भनाइमा जनताले खिसीको हाँसो हाँसेर प्रतिक्रिया दिन्छन् । प्रचण्डका सहयात्री कांग्रेसले पनि यो एक वर्ष सफल रह्यो, देशका लागि उपलब्धिमूलक रह्यो भन्न सक्दैन । अहिले देशमा उद्घाटन र शिलान्यास ठप्प छ । काम गरे पो उद्घाटन र शिलान्यास गर्नु ! कोही पनि मन्त्रीले ‘यो एक वर्षमा यति राम्रो काम गरें’ भनेर विवरण पेस गर्नसक्ने अवस्था छैन ।

वास्तवमा प्रधानमन्त्री प्रचण्डको यो एक वर्ष गद्दारीको वर्ष रह्यो । उहाँले राजनीतिक गद्दारी गर्न कसैलाई बाँकी राखेनन् । कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेपछि उनले उसैसँग मिलेर सरकार बनाउनुपर्ने थियो । चुनावमा तेस्रो पार्टीका रुपमा पराजित भएपछि प्रधानमन्त्री पदमा बस्ने नैतिक र राजनीतिक हकदार प्रचण्ड थिएनन् । उनले नैतिक र राजनीतिक दायित्व गठबन्धनबाट पहिलो बनेको पार्टी कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदका लागि समर्थन गर्नु थियो । यो नैतिक दायित्वबाट च्युत भएर प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री पद हात पारे, एमालेसँग मिलेर सरकार बनाए ।

प्रचण्डले यो एक वर्षमा नेपालको विदेश नीति कता लगेका छन् भन्ने प्रस्ट भइसकेको छ । नेपालले असंलग्न परराष्ट्र नीति लगभग त्यागेको अवस्था छ । विश्वमा बढिरहेको ध्रुवीकरणमा नेपाललाई भारत-अमेरिका गठबन्धनको पक्षमा उभ्याइएको छ भने क्रमशः चीनविरोधी मोर्चामा लगिएको छ ।

एमालेसँग मिलेर सरकार बनाएपछि प्रचण्डले गद्दारीका विभिन्न अध्याय खोल्न थाले । उनले एमालेलाई नै धोका दिए । एमालेलाई सरकारबाट निकालेर कांग्रेसलाई भित्र्याए । निर्लज्ज गद्दारीको अर्को अध्याय थियो- राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारबाट निकाल्नु ! कांग्रेससँग मिलेपछि प्रचण्डको साथमा आरामदायी बहुमत भयो । त्यसपछि रास्वपालाई सरकारबाट निकाले, गृहमन्त्री पद आफ्नै भागमा पारे । प्रदेश सरकारहरुमा पनि प्रचण्डले यस्तै खाले गद्दारी चलाए । अर्थात, प्रचण्डको एक वर्षको राजनीतिक यात्रा गद्दारी नै गद्दारीमा बितेको छ, बेइमानीमा बितेको छ ।

प्रचण्डको अर्को वर्ष पनि गद्दारीमा नै बित्नेछ । किनभने दुई वर्षपछि प्रचण्डले पद छाड्नुपर्ने भित्री एग्रिमेन्ट सार्वजनिक भइसकेको छ । प्रचण्डले पद छाड्नु असम्भव छ । त्यसका लागि गद्दारी गर्नुपर्ने हुन्छ, गद्दारीको अर्काे नाम प्रचण्ड हो भन्ने पुष्टि भइसकेको छ । प्रचण्ड सरकारको एक वर्षमा विकास निर्माणको क्षेत्रमा कुनै पनि उल्लेखनीय काम भएको छैन । यो एक वर्ष बीचमा प्रचण्डले भारत भ्रमण गरेर नेपालको सम्पूर्ण जलस्रोत भारतलाई सम्पने सम्झौता गरेका छन् । नेपालको जलस्रोतमा भारतबाहेक अन्य देश खासगरी चीनको लगानी निषेध गर्ने काम गरेका छन् । नेपालको जलस्रोतमा भारतले मात्र लगानी गर्न सक्ने प्रवन्ध गरेर नेपालको जलस्रोतमा भारतीय एकाधिकार स्थापित गर्ने काम गरेका छन् । यो कामलाई गद्दारीमात्र भन्न मिल्दैन, यो राष्ट्रघात हो, देशद्रोह हो ।

प्रचण्डले यो एक वर्षमा नेपालको विदेश नीति कता लगेका छन् भन्ने प्रस्ट भइसकेको छ । नेपालले असंलग्न परराष्ट्र नीति लगभग त्यागेको अवस्था छ । विश्वमा बढिरहेको ध्रुवीकरणमा नेपाललाई भारत-अमेरिका गठबन्धनको पक्षमा उभ्याइएको छ भने क्रमशः चीनविरोधी मोर्चामा लगिएको छ । निश्चय पनि विश्व अर्थतन्त्रमा आएको मन्दीले नेपाललाई असर गरेको छ । तर, नेपालको आन्तरिक अर्थतन्त्र चलायमान बनाउने काममा प्रचण्ड सरकार पूर्ण असफल भएको छ । भित्रभित्रै सुन पगाल्ने उद्योग चलाउने तर बाँकी उद्योग भने बन्द गराउने नीति प्रचण्ड सरकारले लियो । ल्याइएको सुनलाई छाड्ने, सेटिङ नमिलाइ तस्करी गरिएको सुन समात्ने काममै प्रचण्ड सरकारको दिन बितेको छ । सुन तस्करीमा माओवादीको पार्टी पंक्तिको ठूलो हिस्सा लागिरहेको छ भन्ने स्पष्ट छ । तर, सेटिङ बाहिरका मानिसलाई मात्र पक्रने, आफ्ना तस्कर नेताहरुलाई जोगाउने काम गरिरहेको छ । नेपाललाई सुन तस्करीको ट्रान्जिटका रुपमा बदनाम बनाइएको छ । सुन तस्करीमार्फत कालो धनलाई सेतो बनाउने धन्दा चलाइएको छ ।

सेटिङ नमिलाइ तस्करी गरिएको सुन समात्ने काममै प्रचण्ड सरकारको दिन बितेको छ । सुन तस्करीमा माओवादीको पार्टी पंक्तिको ठूलो हिस्सा लागिरहेको छ भन्ने स्पष्ट छ । तर, सेटिङ बाहिरका मानिसलाई मात्र पक्रने, आफ्ना तस्कर नेताहरुलाई जोगाउने काम गरिरहेको छ । नेपाललाई सुन तस्करीको ट्रान्जिटका रुपमा बदनाम बनाइएको छ ।

प्रचण्ड सरकारले केही पनि गरेन, एउटा सरकारले गर्नुपर्ने न्यूनतम काम भनेको जनतामा आशा जगाउने हो । जनतामा अलिकति पनि आशाको सञ्चार गराउन सकेको छैन । एक वर्षअघि प्रधानमन्त्री बन्दा प्रचण्डले यो पटक प्रधानमन्त्री भएर केही ठोस काम गरेर देखाउँछु भनेका थिए । ठोस कामको नाममा सुनको डल्लोबाहेक केही पनि देख्न पाइएन । प्रधानमन्त्री बनेको एक वर्ष बितेपछि अब चाहिँ केही गरेर देखाउँछु भन्न थालेका छन् । यही पारा हो भने आउँदो वर्ष पनि सरकार बनेको दुई वर्ष पुगेको बेलामा प्रचण्डले अब चाहिँ केही गरेर देखाउँछु भन्नेछन् । अब केही गरेर देखाउँछु भन्ने वाक्य प्रचण्डको थेगो नै भएको छ ।

सरकार पूरै असफल भएको छ । यो असफलताको जिम्मा नेपाली कांग्रेसले लिनुपर्छ । सरकारले यो यो काम गरेर देखाओस् भनेर कांग्रेसले यो एक वर्ष बीचमा औपचारिक रुपमा भनेन । कुनै ध्यानाकर्षण या अनुरोधपत्र अथवा मागपत्र पनि दिएन । शेरबहादुर र आरजु सन्तुष्ट भएपछि समग्र कांग्रेस पार्टी सन्तुष्ट भएको हो त ? कस्तो लाग्छ भने यो सरकारसँग चार जनामात्र सन्तुष्ट छन्, प्रचण्ड र शेरबहादुर अनि गंगा र आरजु । देशको शासन सत्तामा दुई परिवारको यी चार जनाको हालीमुहाली देखिन्छ । वास्तवमा देशमा माओवादी र कांग्रेसको गठबन्धनले नभएर यी चार जनाको पारिवारिक गठबन्धनले शासन गरिरहेको प्रतित हुन्छ ।

प्रचण्ड र उनको पार्टी यसै सक्किएको हो, उसै सक्किएको हो । यस्तो नालायक सरकारलाई काँधमा बोकेर हिँडिरहेको कांग्रेस सक्किने हो कि सच्चिने हो ? शेरबहादुर-आरजु दम्पतीबाहेकका कांग्रेसजनले सोच्नुपर्ने भएको छ ।


प्रतिक्रिया

4 thoughts on “प्रचण्डको एक वर्षे उपलब्धि- राजनीतिक गद्दारी र बेइमानी

  1. Dr.sundari jiu ko katti sistapurana political language .kasto bhasha prayog! Hjr tetti kai phd Dr. Bhayeko hoina rahexa.

  2. एकदमै राम्रो र यथार्थपरक लेख । डासाबले वितेको र आगामी एक वर्षको कुरा गर्नुभएछ । म त भन्छु प्रचण्ड यो देशको भलो होईन सधैं कुभलो गर्न जन्मेको पात्र हो । माओवादी र प्रचण्ड दिल्लीले नेपाल विरूद्व प्रयोग गर्न जन्माएको पात्र हो । त्यसैले प्रचण्डले देशको भलो गर्नुपर्दैन कुभलो मात्र नगरिदिए पनि ठूलो गुन हुन्थ्य‍ो । काँग्रेस भनेको अहिले आरजूको हातमा छ । उनीले जे भन्यो त्यहि हुन्छ । देउवा त कठपुतली हुन र अरू नेता कठपुतलि नाचेको हेर्ने रमिते हुन् । अरूको कुनै हैसियत छैन । आफ्नो पालोमा प्रचण्डले गद्दारी नगरून भनेर उनका हजार खत टुलुटुलु हेरेर बसेका छन् देउवा ।

    1. प्रचण्डले अलिअलि फालेको हण्डी खान पाएकाहरू डासावको कुराको विरोध गर्छन । नूनको सोझो गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *