चितवनमा आजदेखि हात्ती महोत्सव, ४० हात्तीलाई वनभोज खुवाइने – Nepal Press

चितवनमा आजदेखि हात्ती महोत्सव, ४० हात्तीलाई वनभोज खुवाइने

चितवन । पर्यटकीय नगरी सौराहामा आजदेखि १७ औँ हात्ती महोत्सव सुरु हुँदैछ ।

कोरोना महामारी पछि स्थगित भएको हात्ती महोत्सव क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो ।

चार वर्ष पछि फेरि आयोजना गरिएको हात्ती महोत्सवमा यसपालि हात्तीको खेलहरू हुने छैनन् । भने महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता गर्ने आयोजक क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

कार्यक्रममा हात्तीसँग सम्बन्धित जानकारी, डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार हुने जनाइएको छ ।

हात्तीको वनभोजमा ४० वटा हात्तीलाई सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले जनाएको छ ।

आजदेखि सुरु हुने हात्ती महोत्सव पुस १४ गतेसम्म चल्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर