सेवा र सुशासनको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा सेवा र सुशासनको क्षेत्रमा नयाँ रेकर्डहरू बन्ने क्रम जारी रहेको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा १३१औँ माओ दिवसलाई सम्बोधन गर्दै उनले बितेको १ वर्षमा पनि रेकर्ड बनेको र अबको एक वर्षमा सेवा, विकास र सुशासनका क्षेत्रमा थप नयाँ रेकर्ड बन्ने बताए ।
उनले भने- ‘सरकारले एक वर्ष पूरा गरेको छ । योबीचमा केही न केही रेकर्डहरू त बनेकै छन् । त्यसलाई गहिरो गरी महसुस गर्नेहरूले थाहा पाउनुभएको छ । अब नयाँ वर्षमा नयाँ ढङ्गले काम गर्ने प्रण गरेको छु । म आफैँले नयाँ ढङ्गले काम थालिसकेको छु । अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ, बनाउनै पर्छ ।’
प्रधानमन्त्री प्रचण्डको यो कुरा चाँही पत्याउनु पर्छ । किन भने अब बाँकी केही नरहने पक्का भयो । उनले बनाउने नयाँ रेकर्ड भनेको अहिले जे छ त्यो सबै समाप्त गर्ने र भताभुङ्ग बनाउने बाहेक केही हुनेवाला छैन । यसका अनेक उदाहरण दिन सकिन्छ । भ्रष्टाचारीलाइ कार्वाही गर्ने खब डंका पिटाए अनि महरा काण्डमा चुप, ललिता निवास प्रकरणमा चुप, सुन काण्डमा फायल लुकाउने इत्यादी । त्यसैले अब चिन्ता गर्नु पर्छ यो ग्याङ्ग रहुन्जेलमा देश बर्बाद हुने भयो ।
यस्ता वाहियात नेताको कुरा सुन्न छोडौं र यस्ता नेतालाई राजनीतिबाट सधैंका लागि समाप्त पारिदिउँ । त्यो शक्ति तपाईं हामी जनतामै छ ।