तस्बिरमा हेर्नुहोस् यःमरी पुन्ही तथा ज्यापु दिवस
काठमाडौं । नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाएका छन् ।
चामल पीठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषामा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाएको हो ।
ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाएका छन् । दिवसमा योमरी बोकेर र्याली समेत आयोजना गरिएको थियो ।
नेवार समुदायमा यःमरीको विशेष महत्व छ । विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो ।
यःमरीलाई कुबेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिइन्छ । पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाएर खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास छ ।