प्रतितोला १ लाख २० हजार रुपैयाँ नाघ्यो सुनको मूल्य – Nepal Press

प्रतितोला १ लाख २० हजार रुपैयाँ नाघ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा एक लाख २० हजार रुपैयाँ नाघेको छ ।

साताको तेस्रो दिन बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै छापावाल सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सोमबार मात्रै तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर