डेडिकेटेड र ट्रंकलाइन सम्बन्धमा न्यायोचित समाधान खोज्न चेम्बरको आग्रह – Nepal Press

डेडिकेटेड र ट्रंकलाइन सम्बन्धमा न्यायोचित समाधान खोज्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र टं«कलाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

चेम्बर अफ कमर्सले मंगलबार विज्ञप्ति जारी गर्दै डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको हो ।

डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलबारे विद्युत प्राधिकरण र उद्योगीबीच मतभिन्नता हुँदा समग्र लगानी र व्यवसायमैत्री वातावरणमा असर गर्ने चेम्बरले उल्लेख गरेको छ ।

प्राधिकरण र उद्योगीबीच समस्या समाधान नभए यसले रोजगारी र राजस्व संकलनमा समेत असर गर्ने चेम्बरको ठहर छ । महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न वित्तीय र प्राविधिकसहितको छानबिन समिति बनाउन पनि चेम्बरले आग्रह गरेको छ ।

लगानी र व्यवसायमैत्री वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्र दुवैको उत्तिकै भूमिका भएकाले न्यायोचित समाधान गरेर अघि बढ्न चेम्बरले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको हो । लामो समयदेखि शिथिलताबाट गुज्रँदै आएको अर्थतन्त्रलाई निकास दिनुको विकल्प नभएको यथार्थका बीच तत्काल समाधान खोज्न र विवाद थप अघि नबढाउन पनि चेम्बरले सुझाव दिएको छ ।

‘विद्युत प्राधिकरण र व्यवसायीबीच पछिल्लो समय देखिएको मतभिन्नताप्रति चेम्बरको ध्यानाकर्षण भएको छ, उद्योगमैत्री वातावरण र लगानीसमेत यसले असर गर्ने निश्चित छ’, चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *