बाराका प्रिन्सिपल स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ – Nepal Press

बाराका प्रिन्सिपल स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ

जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ परेका छन् ।

सिंहलाई बारा प्रहरीले मङ्गलवार साँझ पक्राउ गरेको हो । भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट उनलाई नियन्त्रणमा लिएको बाराका एसपी सुरेश प्रसाद काफ्लेले पुष्टि गरे ।

प्रहरी स्रोतका अनुसार सिंह भाग्न खोज्दा गोली समेत प्रहार गरिएको छ । उनको खुट्टामा गोली लागेपछि दौडन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गत कार्तिक १३ मा दुई मोटरसाइकलमा रहेका चार जनाले गोली चलाउँदा प्रिन्सिपल स्वर्णकार घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्ज लगे लगत्तै उनको मृत्यु भएको थियो ।

दुवै खुट्टामा प्रहरीको गोली लागेर घाइते भएका सिंहको उपचार रातिदेखि नै प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ । उनी भारतको बिहार राज्यमा पर्ने मोतीहारी जिल्लाको हुन् ।

प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा बाराको कलैयाका २ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह थुनामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *