अध्यादेश ल्याएर भए पनि प्रदेशहरुलाई अधिकार दिन सरकारलाई मोर्चाको सुझाव (भिडिओ) – Nepal Press

अध्यादेश ल्याएर भए पनि प्रदेशहरुलाई अधिकार दिन सरकारलाई मोर्चाको सुझाव (भिडिओ)

सरकारले भ्रष्टाचारविरुद्ध इतिहासमै धेरै काम गरेको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठक सकिएको छ । बैठकमा समसामयिक विषयवस्तुहरूबारे छलफल भएको मोर्चाको एक घटना जसपाका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

बैठकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि बढ्दो रुपमा प्रश्नहरू उठिरहेकोमा नेताहरूले चिन्ता व्यक्त गरेका थिए । यसलाई चिर्नका लागि विभिन्न सहरहरूमा सन्देशमूलक कार्यक्रम लैजाने समझदारी बैठकमा भएको छ ।

श्रेष्ठले भने, ‘अहिले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध कतिपय शक्तिहरू लागेका छन् । सरकारले तिनीहरूलाई निस्तेज पनि गर्दै आएको छ । फेरि पनि अहिले जे जति उपलब्धि हासिल भएका छन्, त्यसलाई संरक्षण गर्दै थप उपलब्धि प्राप्तिको लागि प्रयासरत रहनुपर्छ ।’

संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु छिटो निर्माण गर्नुपर्नेमा बैठकले जोड दिएको पनि नेता श्रेष्ठको भनाइ छ ।

उनले भने, ‘संघीयता कार्यान्वयनका लागि दृढतापूर्वक उभिनुपर्छ भन्ने कुरा भएको छ । प्रदेशहरू अधिकारविहीन भएकाले संघीयता नै देशका लागि बोझ भएको सन्देश प्रवाह भयो । त्यसैले अध्यादेश ल्याएर भए पनि संघहरुलाई अधिकार दिन सुझाव दिइएको छ ।’

बैठकमा सरकारले भ्रष्टाचारविरुद्ध उदाहरणीय काम गरेको भन्दै प्रशंसा भएको थियो ।

इतिहासमै अहिलेसम्म भ्रष्टाचारविरुद्ध धेरै काम गरेकोमा नेताहरूले सरकारलाई धन्यवाद दिएको नेता श्रेष्ठले बताए ।

मोर्चाको बैठक आज साँझ फेरि बस्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर