बर्दघाटको त्रिवेणीबाट बुटवलतर्फ लाग्यो रास्वपाको दबाबमूलक पदयात्रा – Nepal Press

बर्दघाटको त्रिवेणीबाट बुटवलतर्फ लाग्यो रास्वपाको दबाबमूलक पदयात्रा

रुपन्देही । नारायणगढ बुटवल सडक निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको दबाबमूलक पैदल यात्रा बुधवार बिहान बर्दघाटको त्रिवेणी चोकबाट सुरु भई बुटवलतर्फ लागेको छ ।

सभापति रवि लामिछानेसहित पार्टीका केन्द्रीय सदस्यसहित कार्यकर्ताको टोली उक्त पैदल यात्रामा सहभागी रहेका छन् ।

मङ्गलवार साँझ दाउन्नेमा बसेको टोली बिहान सात बजेदेखि पैदल यात्रा सुरु गरी बर्दघाट भुमही र सुनवल हुँदै बुटवलतर्फ लागेको हो ।

रास्वपाका सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई बर्दघाटमा पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

विद्यार्थी, व्यवसायी, शुभचिन्तक एवम् सर्वसाधारणहरू बिहानैदेखि चोक चोकमा जम्मा भएर स्वागत गरेका थिए भने बुटवल नारायणगढ सडक छिटो सम्पन्न गर्न सदनमा आवाज उठाइदिन उनीहरूले आग्रह गरेका छन् ।

सम्भवतः आज नै बुटवल पुग्ने कार्यक्रम तय भएको पार्टीका स्थानीय नेताहरूले जानकारी दिएका छन् । नारायणगढ बुटवल सडक निर्माणमा भइरहेको ढिलाइका निम्ति दबाब दिन रास्वपाले पैदल यात्रा सुरु गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर