झलनाथको दाबी- वामपन्थीलाई विभाजित गरेर नेपाललाई चीनविरुद्ध उभ्याउने षड्यन्त्र हुँदैछ (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले कम्युनिष्ट पार्टीहरूलाई विभाजित गरेर मिल्नै नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।
ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अहिले देशका वामपन्थी शक्तिहरूलाई कमजोर गर्नुको साथसाथै दक्षिणपन्थी शक्तिशाली बनाउने षड्यन्त्र भइरहेको बताए ।
उनले भने, ‘आउने निर्वाचनमा कार्यनीतिकरूपले त्यो शक्तिलाई बहुमत ल्याएर विजयी गराउन चाहन्छन् । त्यसैले दक्षिणपन्थी शक्तिलाई अहिले पोषण गर्ने काम भइरहेको छ । अहिले हामी जटिल परिस्थितिका बीचमा जाँदैछौं । यो सबै कुराको उद्देश्य भनेको नेपाललाई आफ्नो नियन्त्रणमा लिएर सम्भव भएसम्म समाजवादी चीनका विरुद्ध उभ्याउन नियत देखिँदैछन् । त्यसैले हामीले जनतालाई सही नेतत्व गर्नुपर्ने भूमिका छ ।’
भर्खर थाहा पाउनुभयो महासय ?