कोशी कांग्रेसबाट राष्टियसभा सदस्यका लागि कृष्ण सिटौला र गुरु घिमिरेसहित ६३ जना सिफारिस – Nepal Press

कोशी कांग्रेसबाट राष्टियसभा सदस्यका लागि कृष्ण सिटौला र गुरु घिमिरेसहित ६३ जना सिफारिस

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लाथि नेपाली कांग्रेस कोशी प्रदेश समितिले कृष्ण सिटौलासहित ६३ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसले नाम सिफारिस गरेकोमा पूर्वमन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सुजाता कोइरालालगायत पनि छन् । सिफारिस भएकामध्ये पुरुष ३८ र महिला २५ जना छन् ।

कांग्रेस कोशी प्रदेश समितिको सूचना तथा सञ्चार समितिका संयोजक बासु कोइरालाका अनुसार पूर्वसङ्घीय सांसद डिला संग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङगेलु शेर्पा र रुक्मिणी कोइराला पनि सिफारिस भएका छन् ।

प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा कांग्रेस कोशी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझी नियुक्त भएका छन् । बैठकले कांग्रेसको कोशी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ । सम्मेलनको मिति तय नभए पनि माघ अन्तिमसम्म गर्ने तयारी रहेको प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।

राष्ट्रियसभामा रिक्त हुने पदहरूको पूर्ति गर्ने उद्देश्यसाथ निर्वाचन आयोगले निर्वाचनको कार्यपालिका सार्वजनिक गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर