डीएसपी ठगबहादुर केसीविरुद्ध अदालतमा बयान फेर्ने सरकारी साक्षी अख्तियारको मुद्दामा तानिए
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।
अभियोजनमा सरकारी साक्षीका रुपमा प्रस्तुत गरिएका बुटवल उपमहानगरपालिका- ४ लक्ष्मीपुरका खिलेन्द्रसिंह जीसीविरुद्ध बुधबार विशेष अदालतमा अभियोगपत्र दायर भएको छ । जीसीले केसीलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेरेको अख्तियारको दाबी छ ।
अख्तियारले यसअघि केसीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सुनुवाइ प्रक्रियाका क्रममा जीसीको बकपत्र भएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख केसीले बरामद भएको सुन आफैंले राखेको र घुससमेत लिएको आरोप लागेको थियो ।
उनी बर्खास्त भइसकेका छन् ।