डोटीको बोगटान फुडसिलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु – Nepal Press

डोटीको बोगटान फुडसिलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

डोटी । ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बोगटान फुडसिल गाउँपालिका–१ स्वास्थ्य अवस्था चेकजाँच गर्ने अभियान सुरु गरेको छ ।

वडा कार्यालयले चालू आर्थिक वर्षको योजनामा राखेको ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम अन्तरगत सो अभियान सुरु गरेको हो । वडा कार्यालयको सहयोगमा सिमचौर स्वास्थ्य चौकीले उक्त अभियान सुरु गरेको वडाध्यक्ष खेमवहादुर घर्तिमगरले जानकारी दिए ।

‘ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्न, स्वास्थ्य सम्वन्धी परामर्श दिन र अति आवश्यक औषधी पनि निशुल्क उपलव्ध गराउन यो अभियान सञ्चालन गरिएको हो’ वडाध्यक्ष घर्तिमगरले भने, ‘आजदेखि सुरु भएको यो अभियान पुष २२ गतेसम्म चल्नेछ ।’ उनले बस्ती बस्तीमा जेष्ठ नागरिकहरुलाई जम्मा गरी आवश्यक सेवा प्रदान गरिने बताए ।

जेष्ठ नागरिकहरुको स्वास्थ्यमा आउने समस्याहरुको पहिचान गरि उनीहरुलाई उचित परामर्श दिने यस अभियानको उद्देश्य रहेको वडाध्यक्ष घर्तिमगर बताउँछन् । उनले स्वास्थ्य परीक्षणका साथसाथै जेष्ठ नागरिकहरुलाई टोल बस्तीमै गएर सम्मान गर्ने गरिएको समेत वताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर