डिज्नी र रिलायन्सले मिलेर भारतमा मिडिया सञ्चालन गर्ने, नयाँ लगानी डेढ अर्ब अमेरिकी डलर – Nepal Press

डिज्नी र रिलायन्सले मिलेर भारतमा मिडिया सञ्चालन गर्ने, नयाँ लगानी डेढ अर्ब अमेरिकी डलर

काठमाडौं । भारतको रिलायन्स समूह र अमेरिकाको वाल्ट डिज्नीले मिडिया सञ्चालन गर्न ननबाइण्डिङ सम्झौता गरेका छन् ।

बेलायती अखबार रोयटर्सले भारतको इकोनोमिक टाइम्सलाई उद्धृत गर्दै यी दुई संस्थाले भारतको मिडिया सञ्चालन गर्ने औपचारिक सम्झौता गरेको समाचार लेखेको छ ।

उक्त सम्झौताअनुसार मिडिया सञ्चालनमा रिलायन्सको ५१ र डिज्नीको ४९ प्रतिशत शेयर हुनेछ । भारतका चर्चित अर्बपति मुकेश अम्बानी हर्ताकर्ता रहेको रिलायन्स र डिज्नीको सम्झौता आगामी फेब्रुअरी अर्थात् दुई महिनापछि लागू हुने बताइएको छ ।

सम्झौताको आगामी बाटो कस्तो हुने भन्नेमा दुई संस्थाले बेलायतको लण्डनमा वार्ता गरिरहेको रोयटर्सले उल्लेख गरेको छ । नयाँ सम्झौताअनुसार एकदेखि डेढ अर्ब अमेरिकी डलरको अतिरिक्त लगानीसमेत हुनेछ ।

यो सम्झौतासँगै भारतमा विशाल मनोरञ्जन साम्राज्य खडा हुने बताइएको छ, जसले जीन्यूज, सोनी, नेटफ्लिक्स तथा अमेजनसँग खरो प्रतिस्पर्धा गर्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर