दूतावास छेउमा बिस्फोटक पदार्थ पड्किएपछि भारतमा इजरायली सतर्कता
काठमाडौं । भारतको संघीय राजधानी नयाँ दिल्लीको चाणाक्यपुरी कूटनीतिक कन्क्लेभमा भएको बिस्फोटसँगै इजरायलले नयाँ सावधानी घोषणा गरेको छ । बीबीसीका अनुसार सानो परिणामको बिस्फोट भएसँगै इजरायत सकर्त भएको हो ।
उक्त बिस्फोट मंगलबार साँझ भएको थियो । भारतिय प्रहरीले कोही घाइते तथा हताहती नभएको बताएको छ । उक्त बिस्फोटपछि इजरायलले आफ्ना नागरिकलाई भिड भएको मल तथा बजार क्षेत्रहरुमा नजान आग्रह गरेको छ । यस्तै इजरायल सरकारले इजरायली चिन्हहरुको प्रदर्शन नगर्ने समेत उर्दि जारी गरेको छ ।
इजरायलको राष्ट्रिय सुरक्षा मुख्यालयले उक्त उर्दि जारी गरेको हो । यस अगाडि पनि इजरायल सरकारले विदेश भ्रमण रोक्न आग्रह गर्दै विदेश यात्रा गरेको खण्डमा इजरायली चिन्ह देखिने कुराहरु प्रदर्शन नगर्न आग्रह गरेको थियो ।