हिमालय एयरलाइन्सको काठमाडौं-ल्हासा उडान सुरु – Nepal Press

हिमालय एयरलाइन्सको काठमाडौं-ल्हासा उडान सुरु

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं-ल्हासा उडान सुरु गरेको छ ।

आज नेपाली समय अनुसार बिहान ८ः२० बाट हिमालयन एयरलाइन्सको कलसाइन एच ९–७७४ भएको जहाज काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ल्हासा प्रस्थान गरेको थियो ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती र चिनियाँ दूतावासका उपप्रमुख वाङ सिङ तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले संयुक्त रुपमा उडानको औपचारिक सूचारुमा सहभागी भएका थिए ।

मन्त्री किराँतीले उद्घाटन गर्दै चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताएका छन् ।

‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ- नेपालबाट तिब्बतमा हुने सोझो हवाई उडान ।’

मन्त्री किराँतीले ल्हासामा आउने १ करोड पर्यटकमा नेपालले करिब २५ प्रतिशतमात्रै ल्याउन सके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए । त्यहाँ आउने पर्यटकहरुको ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरूको हुनेगर्छ ।

यो पनि पढ्नुहाेस्- चीनको तिब्बतमा एउटैमात्र विदेशी मिसन- नेपाली महावाणिज्य दूतावास

यो उडानसँगै नेपाल र चीन जोड्ने कुरामा बढोत्तरी भएको ल्हासाका नेपाली महावाणिज्यदूत नवराज ढकालले बताए । ढकाललका अनुसार नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सरोकारवालाको निरन्तरको पहलपछि यो उडान भएको र यसले पर्यटन प्रबद्र्धनमा धेरै सहयोग हुने बताए ।

ल्हासामा रहेको एकमात्रै विदेशी नियोगका प्रमुख ढकालले भने, ‘सन २०२४ को जनवरी ८ बाट यात्रु बढ्नेछन् भने मार्चपछि अन्य एयरलाइन्सहरुले पनि उडान थप्नेछन् ।’

यो पनि पढ्नुहाेस्- ल्हासाका महावाणिज्य दूतलाई प्रश्न : माओ युगमा सडक आयो, सी युगमा रेल आउला ?

कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङ पछि ल्हासामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो । यससँगै ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालयन एयरलाइन्स रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर