सन्दीपको पक्षबाट तीन वरिष्ठसहित ५ जना वकिलको बहस बाँकी, आजै फैसला आउने सम्भावना झिनो – Nepal Press

सन्दीपको पक्षबाट तीन वरिष्ठसहित ५ जना वकिलको बहस बाँकी, आजै फैसला आउने सम्भावना झिनो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दाको फैसलाका लागि अहिले बहस भइरहेको छ । काठमाडौं जिल्ला अदालतमा जारी सुनुवाइमा जाहेरवालातर्फबाट सकिएपछि प्रतिवादी सन्दीपका कानून व्यवसायीहरुले बहस गरिरहेका छन् ।

सन्दीपका तर्फबाट मुरारी सापकोटा, रोशनी पौडेल र कृष्ण सापकोटाले बहस गरेका छन् । सापकोटा वरिष्ठ अधिवक्ता हुन् । अझै तीन जना वरिष्ठसहित ५ जना वकिलले बहस गर्न बाँकी छ ।

वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ, शम्भु थापा, सविता भण्डारी बरालसहित अधिवक्ताहरु सरोज घिमिरे र रामकुमार माझीले बहस गर्न बाँकी छ ।

उनीहरुले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।

प्रतिवादीतर्फबाटै तीन वरिष्ठसहित ५ जना कानून व्यवसायीले बहस गर्न बाँकी रहेकाले यो मुद्दाको फैसला बिहीबार आउने सम्भावना न्यून छ । सम्भवतः शुक्रबारमात्र बहस सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर