गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर – Nepal Press

गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथी प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता दिपकराज जोशीसहित चारजनाले रिट दायर गरेका हुन्। प्रारम्भिक सुनुवाइका लागि शुक्रबारलाई पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

अधिकारी गभर्नरका लागि अयोग्य रहेको रिट निवेदकको दाबी छ । अधिकारी २०७६ चैत २४ गते गभर्नर नियुक्त भएका थिए । गभर्नर नियुक्त हुन तोकिएका विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेमा अधिकारीसँग त्यस्तो योग्यता नभएको दाबी रिटमा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *