शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्यो – Nepal Press

शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । लगातार साताको अन्तिम कारोबारका दिन पनि शेयर बजारमा गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० बिन्दुमा कायम भएको छ । यसदिन बजारमा १ करोड १६ लाख ५८ हजार ११० किक्ता सेयको खरिदबिक्री हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ ।

यसअघि सातको पहिलो कारोबारका दिन आइतबार मात्रै २१.०३ अंकले घटेको शेयर बजार बुधबार १७.२३ अंकले घटेको थियो । यस साता शेयर बजार घटेसंगै कारोबार रकमा पनि गिरावट आएको छ ।

आजको कारोबारमा भिजन लुम्बिनी उर्जा कम्पनी सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेको छ । भने, धौलागिरी लघुवित्त वित्तीय संस्था र बिपीडब्लू लघुवित्त वित्तीय संस्था नेगेटिभ सकिर्टका सार्थ सर्वाधिक घाटामा रहेका छन् ।

त्यस्तै, कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल १४ करोड ३८ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर