भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले बनायो ४०७ अस्थायी टहरा
काठमाडौं । एक हजार अस्थायी टहरा बनाउने लक्ष्यका साथ अभियान थालेको नेपाली कांग्रेसले जाजरकोेट भूकम्प प्रभावित क्षेत्रमा ४०७ अस्थायी टहरा निर्माण गरेको छ ।
सानेपामा जारी केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री जीवन परियारले केन्द्रीय समितिको निर्देशनमा घरटहरा निर्माण कार्य जारी रहेको बताए ।
कसको नेतृत्वमा कति घर बनाइए ?
क) नेपाली कांग्रेस प्रदिप पौडेलको नेतृत्वमा : नलगाड नगरपालिका वडा नं– ५, रगुनाथ, खानटाकुरा, मुलि प्राख्रा र ऐरारिम अस्थायी आवासका लागि निर्माण गरिएको टहरा संख्या– १२५
ख) केन्द्रीय सदस्य मोहन आचार्य नेतृत्वमा : कुशेगाउपालिका वडा नं ७, टहरा संख्या ११३ वटा
ग) केन्द्रीय सदस्य, योगेन्द्र चौधरीको नेतृत्वमा : नलगाड नगरपालिका वडा नं १, पालिमा बनेका टहारा संख्या– २५
घ) केन्द्रीय सदस्य नैनसिंह महर, कुन्दन राज काफ्ले, राजिव बिक्रम शाह नेतृत्वमा : भेरिनगरपालिका वडा नं १, रावत गउमा बनको जम्मा टहरा संख्याः २ वटा
ङ) केन्द्रीय सदस्य गोबिन्द शाहको नेतृत्वमा– छेडागाड नगरपालिका वडा नं १२/१३ टहरा संख्या– १०
च) केन्द्रीय सदस्य उमेश जंग रायमाझि/रंगमति शाहि भेरिनगरपालिकाको टहरा संख्या– १०
छ) केन्द्रीय सदस्य राजिब ढुङ्गाना नेतृत्वमा, शिवालय वडा नं. ८, ६, ३ – टहरा ३ वटा
ज) कर्णाली प्रदेश कार्य समिति नेतृत्वमा : भेरिनगरपालिका वडा नं : २ टहरा संख्या– ५२
झ) बाँके काँग्रेस सभापति नेतृत्वमा : छेडागाड नगरपालिका वडा नं १ – टहरा –१०
ञ) धरान पूर्व मेयर , तिलक राईको नेतृत्वमा : भेरिनगरपालिका वडा नं १, टहरा संख्या – ६
ट) ट्रेड यूनियन कांग्रेस नेतृत्वमा : भेरिनगरपालिका वडा नं , २ टहरा संख्या : ७० वटा ।