सन्न्यास घोषणा गरेका एल्गरको भारतविरुद्ध ‘भावुक’ १८५ रनको पाली – Nepal Press

सन्न्यास घोषणा गरेका एल्गरको भारतविरुद्ध ‘भावुक’ १८५ रनको पाली

काठमाडौं । दक्षिण अफ्रिकी ब्याट्सम्यान डिन एल्गरले आफ्नो अन्तिम टेस्ट श्रृंखलामा शानदार पाली खेलेका छन् । भारतविरुद्ध जारी दुई खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलको पहिलो पालीमा एल्गरले १८५ रनको पाली खेलेका छन् ।

यो समाचार तयार पार्दासम्म खेलको तेस्रो दिन दक्षिण अफ्रिकाले आफ्नो पहिलो पालीमा ६ विकेट गुमाएर ३८४ रन जोडेको छ । भारतलाई २४५ रनमा अलआउट गरेको दक्षिण अफ्रिका १३९ रनले अगाडि छ ।

प्रारम्भिक ब्याट्सम्यान एल्गरले सार्दुल ठाकुरको बलमा आउट हुनुअघि २८७ बलमा २८ चौका प्रहार गरेका थिए । उनले जारी श्रृंखलापछि सन्न्यास लिने घोषणा गरिसकेका छन् । ३६ वर्षीय एल्गरले ८५ टेस्ट खेल्ने क्रममा १४ शतक र २३ अर्धशतक बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *