नाडाको अध्यक्षमा करण चौधरीलाई नवराज डल्लाकोटीको पनि समर्थन
काठमाडौं । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा करण चौधरीलाई नवराज डल्लाकोटीले पनि समर्थन गरेका छन् ।
अध्यक्षका दाबेदार आकाश गोल्छाले अर्का आकांक्षी करण चौधरीलाई समर्थन गरिसकेका थिए । तर, सहमति भइसकेपछि डल्लाकोटीले आफु अध्यक्षको उम्मेदवार बन्ने भनेको भए पनि अन्तिममा चौधरीलाई समर्थन गरेका हुन् ।
अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि त्यही सहमतिअनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो ।
पछिल्लो समयमा सो सहमतिविरुद्ध नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनावी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो ।
तर आज नाडाका नेतृत्व अहिलेको समयमा चुनावी पक्रियाभन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारण अनुरुप नवराज डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रुपमा समर्थन गरेका छन् । सो समर्थनपछि करण चौधरी नै नाडाको अध्यक्ष हुने पक्का भएको छ भने चुनाव नहुने पक्का भएको छ ।