२०२४ को चुनाव अगाडि भारतीय विपक्षी दलका नेता राहुल गान्धीले साढे ६ हजार किलोमिटर यात्रा गर्ने – Nepal Press

२०२४ को चुनाव अगाडि भारतीय विपक्षी दलका नेता राहुल गान्धीले साढे ६ हजार किलोमिटर यात्रा गर्ने

काठमाडौं । आसन्न सन् २०२४ को चुनाव लक्ष्य गरेर भारतीय विपक्षी दलका नेता राहुल गान्धीले भारतको विशाल यात्रा गर्ने भएका छन् ।

बुधबार पार्टीले सार्वजनिक गरेको ‘भारत न्याय यात्रा’नाम दिएको यात्रामा गान्धी साढे ६ हजार मिटर यात्रा गर्नेछन् । यात्राले पूर्व भारतदेखि पश्चिम भारतका १४ राज्य समेट्ने बताइएको छ ।

आसाम, पश्चिम बंगाल, छत्तिसगढ, उत्तर प्रदेश, मध्य प्रदेश, गुजरात आदि राज्य भएर राहुल यात्रामा निस्किनेछन् । आगामी जनवरी १४ बाट मणिपुरबाट यात्रा थालनी हुने भएको छ । राहुलले यस अगाडि पनि भारत जोडो नामको यात्रा गरेका थिए ।

उक्त यात्रामा उनले चार हजार किलोमिटरको दूरी पार गरेका थिए । त्यो यात्रामा उनले दक्षिण भारतको कन्याकुमारीदेखि उत्तरी भारतको कास्मिरसम्म यात्रा गरेका थिए । मोदीले धेरै समय मौनता साँधेको मणिपुरको जातीय दंगा भएको राज्य मणिपुरबाट यात्रा सुरु हुनाले धेरैले चासोपूर्वक हेरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *