धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति तत्काल छानबिन गर्न सार्वजनिक लेखा समितिको निर्देशन – Nepal Press

धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति तत्काल छानबिन गर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति तत्काल छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले ३० दिनभित्र त्यस सम्बन्धी कार्यप्रगति विवरण समितिलाई उपलब्ध गराउन सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।

समितिले बिहीबारको कार्यसूचीमाथि छलफल गर्न हमाललाई बोलाएको थियो । तर, उनी बिना सूचना तथा बिना जानकारी समितिमा अनुपस्थित भएकोमा गम्भिर ध्यानकर्षण भएको जनाउदैँ संसदीय समिति प्रतिको गैर जवाफदेहिता आम नागरिकप्रतिको गैरजवाफदेहिता र अपमान भएको जनाएको छ ।

समितिले दिएको निर्देशनमा भनिएको छ, ‘सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने स.स्था नेपाल धितोपत्र बोर्डका अध्यक्षको यस्तो गैर जवाफदेहिता आगामी दिनमा उहाँबाट सार्वजनिक उत्तरदायित्व वहन हुननसक्ने कुराप्रति संदेह व्यक्त गर्दै निजको अनुपस्थितिप्रति समितिको यो बैठक खेद प्रकट गर्दछ ।

साथै नेपाल धितोपत्र बोर्डका अध्यक्षले आर्थिक चलखेल गरी अवाञ्छित र अपारदर्शी रुपमा विभिन्न कम्पनीलाई प्रीमियम मूल्यमा प्राथमिक सेयर ल्याउन अनुमति दिएर गैरजिम्मेवारीपूर्ण कार्य गरेको भनी व्यापक रुपमा जनगुनासो रहेको र समितिमा त्यस सम्पन्मा कुरा उठेकाले उहाँको सम्पत्ति शीघ्र छानबीन गर्न र ३० दिनभित्र सो सम्बन्धी कार्यप्रगती विवरण समितिलाई उपलब्ध गराउन समितिको यो बैठक सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागलाई निर्देश गर्दछ ।’

समितिको बैठकले ठुला कम्पनी वा पाँच अर्बभन्दा बढी पूँजी भएका कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्नुपर्ने सरकारको नीतिगत निर्णय कार्यान्वयन नभएको भन्दै अबको एक वर्षभित्र पब्लिक कम्पनीमा रुपान्तरण गरिसक्न अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय तथा धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा जीवन बीमा कम्पनीले प्रीमियम मूल्यमा शेयर जारी गरेको र सर्वसाधारण लगानीकर्ताले प्रति शेयर अतिरिक्त मूल्य बहन गर्नुपरेको सम्बन्धमा परेको उजुरीमाथी सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेपछि विभिन्न ११ वटा निर्देशन दिएको हो ।

यस्ता छन् समितिले दिएका ११ वटा निर्देशन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर